सहमति र पायक पर्ने ठाँउमा प्रदेशको राजधानी : मुख्यमन्त्री पोख्रेल

१७ पुष २०७६, बिहीबार ०८:०८
 

सदरलाइनडटकम,
ठाकुरद्वारा (बार्दिया) :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी नामाकरण तथा स्थायी सदरमुकाम निर्धारण समिति र विज्ञहरु सुझव अनुसार राजनीतिक सहमतिका आधारमा टुङ्याउने बताएका छन् ।
उनले बर्दियाको ठाकुरद्वारामा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को प्रथम साधारणसभालाई संम्वोधन गर्दै सो कुरा बताएका हुन । राजधानीको विषय प्रदेश सरकारको मात्रै भन्दा पनि राजनीतिक सहमतिको विषय भएकोले कुरामा उनको जोड थियो ।
‘प्रदेशको राजधानीको विषय राजनीतिक सहमति हो, राजनीतिक नेतृत्वले पनि पछि विवाद गर्नु भन्दा पहिलानै सुझाव दिनु राम्रो हुन्छ, त्यसका आधारमा नै सबैलाई पायक पर्ने स्थान र सामरिक महत्वलाई ध्यान दिएर तोकिन सजिलो हुने छ ।’
मुख्यमन्त्री पोख्रेलले नागरिकको स्वतन्त्रताको लागि निरन्तर नेपालका कम्युनिष्ट पार्टी सुनिश्चत गरि रहेको बताउँदै अझै नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको लागि सधै सहकार्य गर्न तयार रहेको बताए ।
उनले सामाजिक सञ्जालका कतिपय तथ्यहिन कुरालाई नै पत्रकारिता मान्दा पत्रकारिता मुल प्रवाहलाई नै कठिन हुनेतर्फ पनि पत्रकारहरु सचेत रहन आग्रह गरे ।
मुख्यमन्त्री पोख्रेलले नेपालको राजनीतिले सञ्चार क्षेत्रलाई पनि प्रभावित बनाएको बताउँदै त्यसमा समृद्धि नेपाल निर्माण गर्नका लागि साझा एजेण्डा बनाएर अगाडि बढ्नु पर्ने बताए ।
उनले संघीयतालाई बलियो बनाउन पत्रकार महासंघको पनि प्रदेश संरचनालाई सार्थक र अर्थपूर्ण बनाउने महासंघको एजेण्डालाई स्वागत गर्दै प्रदेशलाई सशक्त र वलियो बनाउनुपर्ने बताए ।
उनले पर्यटन वर्ष २०२० को सन्दर्भमा नेपालको समृद्धीको आधार पर्यटन नै भएको बताउँदै पर्यटन वर्षलाई सफल बनाउनको लागि सबै मिडियाक्षेत्रलाई अनुरोध गर्र्दै प्रदेश ५ मा पर्यटन क्षेत्रको प्रचुर सम्भाबना भएकोले प्रदेशलाई पर्यटकीय गणतव्यको रुपमा विकास गर्नका लागि सबै मिडिया क्षेत्र नयाँ ढंगले लाग्न जोड दिए ।
साधरणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारीरता क्षेत्रबाट कमजोरी तथा अपराध भएमा पनि अपराधको प्रकृति अनुसार सजाय दिनुपर्ने बताउँदै त्यसका लागि न्यायलय र प्रेस काउन्सिल भन्दा सरकार, सदनलाई कारवाहीको लागि अधिकार दिन नहुने धारणा राखे ।
आचार्यले प्रेस स्वतन्त्रताको लागि नेपाल पत्रकार महासंघ विगतदेखि निर्भिक रुपमा उभिदै आएको बताउँदै आगामी दिनमा पनि प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने बताउदै नेपालको मिडिया काउन्सिल विधेयकमा भएका केही त्रुटिलाई सम्वोधन गरेर अगाडि बढ्नु पर्नेसमेत बताए ।
उनले पत्रकार महासंघले भ्रमण वर्ष २०२० लाई सफल बनाउनको महासंघ केन्द्रले नै परिपत्र तथा कार्यन्वय गरिरहेको बताउँदै पर्यकीय क्षेत्रका विषयमा कलम चलाउनेलाई प्रत्येक प्रदेशबाट एक जनालाई ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको समेत जानकारी दिए ।
प्रदेश नं. ५ का भौतिक योजना तथा निर्माण मन्त्री बैद्यनाथ चौधरीले प्रदेशको राजधानी भन्दा पनि समृद्धितर्फ प्रदेश सरकार लागेको बताउँदै त्यसतर्फ ध्यान लिएर सहयोग गर्न अनुरोध गरे ।
संघीय सांसद सुजिता शाक्यले संघीय संसदले नेपाली पत्रकार र सञ्चार माध्यमको विकासका लागि विभिन्न विधेयहरु संसोधनका लागि रहेको बताउँदै मिडिया मैत्री हुने कुरामा ढुक्क रहन आग्रह गरिन ।
उनले परिवर्तनका लागि विगतदेखि नै मिडिया क्षेत्रले साथ दिएको कुराको स्मरण गर्दै आगामी दिनमा पनि परिवर्तनका लागि सहकार्य आवश्यकता रहेकोको बताइन ।
कार्यक्रममा नेपाल प्रेस संगठन नेपालका सह सयोजक गणेश बस्नेत, नेपाल प्रेस यूनियनमा अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघ नेपालका उपाध्यक्ष विपुल पोख्रेल, न्यूनतम पारश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, फोनिजका केन्द्रीय समितिका महासचिव मनोज घर्तीमगर, जनप्रतिधिलगायतले शुभकामना मनतव्य दिएका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष मौसम रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव भेषराज बस्नेत, स्वागत उपाध्यक्ष भरत केसीले गरेकाृ सभाको बन्दसत्र विहीबारसम्म सञ्चालन हुनेछ । बन्दसत्रमा महासचिव भेषराज शर्माको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दिपा घर्तीमगरको आर्थिक प्रतिवेदन पारित गर्ने रहेको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सचिवका सचिव उदय जिएमले बताए ।

Next Post

बाह्र बुँदे घोषणा पत्र जारी गर्दै साधारणसभा सम्पन्न

१७ पुष २०७६, बिहीबार ०८:०८
सदरलाइनडटकम, ठाकुरद्वारा (बर्दिया) : नेपाल पत्रकार महासंघ ५ नं. प्रदेश समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । पर्यटकीय नगरी बर्दियाको ठाकुरद्धारामा आयोजित साधारणसभा १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । भ्रमण वर्ष २०२० का अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको साधारणभामा ५ नं. […]

सम्बन्धित