सुर्खेतबाट बाहिरिने यात्रुलाई बसपार्कमा सास्ती

सदरलाइन संवाददाता १७ आश्विन २०७९, सोमबार १३:२०
 

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुहरुले हैरानी खेप्नु परेको छ । सुर्खेत बसपार्कमा काउन्टरवाला र सवारी चालकहरूको मनोमानीले यात्रुको बिचल्ली भइरहेको हो ।

दशैँ मनाउन कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूमाथि काउन्टरवाला र चालकहरूले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी मान्छे गाडीमा कोच्दै पठाउने गरेको छन् ।

यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाल प्रहरी भने रमिते बनिरहेका छन् । यात्रुहरूले टिकटमा तोकिएको समयमा सवारी साधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरुले गरेका छन् ।

जुम्लाका दिलबहादुर बुढा सोमवार बिहान साढे ७ बजे गाडी छुट्ने भनेर बसपार्क आएपनि बिहान १० बजेसम्म गाडी नछुट्दा तनावमा छन् । उनले गाडी छुट्ने डरले अहिलेसम्म न खाना खान पाएका छन् न त पानी नै । छोरालाई लिएर दशैं मनाउन गाउँ फर्कन थालेका उनले टिकेट लिएको शनिबार नै हो ।


‘मैले अहिलेसम्म गाडीको प्रखाईमा बस्दा बस्दा भोग पनि लागिसक्यो तर न गाडी हिड्छ, नत हामीलाई खाना खानुस् त्यसपछि हिडौंला भनेको छ,’उनले भने,‘ हाम्रो त बिचल्ली नै हुने भयो ।’

साथै उनले काउण्टरवाला र चालकहरुले धम्कीपुर्ण व्यवहारले यात्रुलाई सास्ती भइरहेको गुनासो गरे । उनले भने,‘ एउटै सिटको डबल सिट काट्छन् अन्तिममा यात्रुलाई ‘गए जाउ नगए नजाउ’ भन्दै धम्की दिन्छन् ।’

अघिल्लो दिन नै घर फर्कन टिकट काटेका यात्रुहरुले घर फर्कनमा बसपार्कमा हैरानी व्यहोर्नु परेको छ । बसपार्कको भद्रगोल व्यवस्थापनका कारण यात्रु मर्कामा परिरहेका छन् ।

तर सरोकारवाला निकाय भने वे–खबर बनिरहेको छ । यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण पनि बसपार्कभित्रको यातायात व्यवस्था सुरक्षित हुन् सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैंमा पनि सञ्चालन भएन बैतडीको हवाई सेवा

१७ आश्विन २०७९, सोमबार १३:२०
बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो । तर दशैंमा पनि सुचारु हुन नसकेको हो । समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै आएकोमा गत चैतदेखि बन्द […]