हनुमान जयन्तीका अवसरमा नेपालगञ्जमा शोभायात्रा

६ बैशाख २०७६, शुक्रबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हनुमान जयन्तीका अवसरमा शुक्रवार बिहान नेपालगञ्जमा शोभायात्रा निकालिएको छ । हनुमान जन्मोत्सव भव्यताका साथ मनाउने क्रममा नेपालगञ्जमा शोभा यात्रा निकालिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ स्थित हनुमत गौशालाबाट निस्किएको शोभा यात्रा सुर्खेतरोड, न्युरोडसहित नेपालगञ्ज बजारको परिक्रममा गरेको थियो । हजारौको संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागिता रहेको यात्रामा सबैले जय श्री रामको झण्डा बोकेका थिए भने झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
हरेकबर्ष झैं यसबर्ष पनि श्री हनुमान जन्मोत्सव भव्यताका साथ मनाएको हो । बैशाख ४ गते अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन तथा बालाजीको रात्री जागरण झाँकी सहितका कार्यक्रम गरिएको छ ।



सोही अवसरमा शोभा यात्रासहित सुन्दरकाण्ड पाठ एवं भजन कीर्तन, महाआरती तथा महाप्रसादका साथै हनुमत गौशालामा आज विसाल भण्डारा आज हुने भएको छ । कलयुगमा सर्व शक्तिमान श्री हनुमानलाई रामभक्त हनुमान, बजरंग बली, संकट मोचन लगायतका नामबाट पुकार्ने गरिन्छ । श्री सुन्दरकाण्ड मित्र मण्डलले नेपालगञ्जमा हरेक बर्ष हनुमान जन्मोत्सव मनाउँदै आएको छ । बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन भएको हनुमान जयन्तीमा बिभिन्न कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

Next Post

आर्मी र प्रहरीलाई २–२ स्वर्ण

६ बैशाख २०७६, शुक्रबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज   : आठौँ  राष्ट्रिय  खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जको नगरभवनमा जारी भारत्तोलन प्रतियोगिताको पहिलोदिन मै ११ वटा राष्ट्रिय रेकर्ड कायम हुँदै ४ स्वर्णको टुंगो लागेको छ । महिला तर्फ ६ वटा र पुरुष तर्फ ५ वटा राष्ट्रिय कृतिमान कायम गर्दै विभागिय टिम नेपाली सेनाले २ र प्रहरीले २ स्वर्ण जित्न […]