कोरोनाबाट बाँकेमा एकजनाको ज्यान गयो

सदरलाइन संवाददाता ३ माघ २०७८, सोमबार १६:२८
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमवार थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङकी ४१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ की ती महिलालाई पुष ३० गते कोभिड पुष्टि भएको थियो । उनी त्यसैदिन भेरीको आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् ।


दुवै खोप नलगाएकी उनको स्वास्थ्यमा सुधार नआउँदा दिउँसो सवा एक बजे मृत्यु भएको हो । मंसिर २६ गते यता उनी बाहेक अरुको कोभिडबाट मृत्यु भएको थिएन् ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृतक संख्या चार सय ३७ पुगेको छ । अस्पतालमा अझै १८ जना संक्रमित उपचाररत रहेका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला विपद व्यवस्थापन समिति बाँकेद्वारा निल सागरलाई ५० थान कम्बल सहयोग

३ माघ २०७८, सोमबार १६:२८
नेपालगञ्ज  :  अत्याधिक चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएपछि बाँके प्रशासनले विपन्न तथा असाहे जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कम्बल बितरण कार्य जारी राखेको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गर्ने क्रममा नेपालगञ्जमा रहेको निल सागर जेष्ठ नागरिक […]