राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

७ बैशाख २०७६, शनिबार १४:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
राप्रपाले आइतवार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समितिमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवल समशेर राणा, भाष्कर भद्रा, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन् । समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको छ ।
राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा, राजासहितको लोकतन्त्र स्थापना लगायतका माग राख्दै यसअघि पहिलो चरणको आन्दोलनका कार्यक्रम गरेको थियो । पहिलो चरणमा मेची(महाकाली पदयात्रा, हस्ताक्षर संकलन, तीनै तहका प्रशासनिक कार्यालयहरुमा धर्ना दिने, धर्म्निरपेक्षताको ब्यानर तथा पोष्टर जलाउने लगायत कार्यक्रम राप्रपाले गरेको थियो ।

Next Post

दिल्लीबाट आएको बसमा बिष्फोटक सामग्री बरामद

७ बैशाख २०७६, शनिबार १४:४९
सदरलाइनडटकम, काठमाण्डौ : भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रवार राति करिब पौने १ बजे ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । बसबाट बम र अन्य […]

सम्बन्धित