सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. १४ मा बस्दै आएका कास्कीको पोखरा नगरपालिका वडा नंं. ९ बस्ने २१ वर्षीय सुनिल कुँवर र बाँके खजुरा गाउँपालिका वडा नं. ५ बस्ने २० वर्षीय नारायण बिक तीन सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उनीहरुलाई बिषेश सूचनाका आधारमा जाँच गर्दा ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो । उनीहरु गत बिहीवार राति ८ बजे पक्राउ गरिए पनि कोहलपुर प्रहरीले शनिवार मात्र जानकारी दिएको छ । उनीहरुको अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुर मुद्दा फाँटका नारायण कार्कीले जानकारी दिए ।
