बर्दियाका एक संक्रमितको कोहलपुरमा मृत्यु

सदरलाइन संवाददाता ७ मंसिर २०७७, आईतवार १६:५१
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बर्दियाका ७७ बर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ३ का उनको आइतवार विहान पौने ४ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएका उनको कोभिडको आशंकमा स्वाब परिक्षण गर्दा हिजो कोरोना पुष्टि भएको थियो ।


योसंगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ४७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।

Next Post

बेवारिसका लाागि नेपालगञ्जमा ‘बा आमा’ घर

७ मंसिर २०७७, आईतवार १६:५१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोको भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ । बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगञ्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो । अलपत्र र बेवारिसे अवस्थामा रहेका […]