नेपालगञ्जका किशोरीलाई आत्मनिर्भर बनाईंदै

२९ चैत्र २०७५, शुक्रबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : किशोरीहरुलाई आत्मनिर्भर बनाउन शुक्रवारबाट नेपालगञ्जमा तीन महिने सिलाई कटाई तालिम शुरु भएको छ । बिपन्न तथा पछाडी परेको समुदायका किशोरीलाई सक्षम बनाउन सिलाई कटाई तालिम सञ्चालन गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले तालिमको उद्घाटन गर्दै प्रत्येक घरका एक जनाले सीप सिक्नुपर्ने बताए । उपमहानगरको गाउँ घर साझेदारी कार्यक्रमअन्तर्गत युवाहरुलाई उद्यम, व्यवसायतर्फ सक्रिय बनाउने योजना रहेको जानकारी दिँदै उनले त्यसका लागि उपमहानगरपालिकाले सुलभ व्याजदरमा ऋण लगानी गर्ने स्पष्ट पारे ।
कार्यक्रममा शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख मनप्रसाद रेग्मीले सीप सिकेर आफै मालिक बन्नुपर्नेमा जोड दिए । बेरोजगारहरुलाई सीप प्रदान गर्नुपर्ने हुँदा सीप सिक्नेले अवसरको सदुपयोग गर्नसक्नु पर्ने धारण राखे ।
सेफ द चिल्ड्रनेको सहयोग, उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मंच बाँकले आयोजना गरेको कार्यक्रममा वडा नं. १८ का अध्यक्ष दिपक बर्मा, वडा नं. २२ का अध्यक्ष बिद्याराम बर्मा, सेफ द चिल्ड्रनेका सिनियर मिल कोर्डिनेटर तारानाथ पौड्याल, युवा सशक्तिकरण बुलगारी परियोजना कार्यक्रमकी अधिकृत फुलकुमारी चौधरीलगायतको उपस्थितिे थियो । नेपालगञ्जस्थित न्यू मायालु सिलाई कटाई सेन्टरकी माया पोखरेलले तालिमको सहजीकरण गर्ने एसडिएफका कार्यक्रम संयोजक खुसीराम चौधरीले जानकारी दिए ।

Next Post

सामुदायिक बिद्यालयमा सञ्चालित कार्यक्रमको समिक्षा

२९ चैत्र २०७५, शुक्रबार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जका बिभिन्न सात वटा बिद्यालयमा सञ्चालित कार्यक्रमको शुक्रवार समिक्षा तथा आगामी कार्यक्रमका लागि सुझाव संकलन गरिएको छ । सेफ द चिल्ड्रनेको सहयोग, सामाजिक विकास मंच बाँकेले सञ्चालन गर्दै आएको कार्यक्रमको प्रभावकारिता तथा आगामी दिनमा गर्न सकिने कार्यबारे सुझाव संकलन गरिएको हो । बिद्यालयका प्रधानाध्यापकहरुले बिद्यालयमा भएको कार्यक्रमले […]