सबै खेलाडिलाई स्वास्थ्य सेवा दिईने

२९ चैत्र २०७५, शुक्रबार ११:५३
 

सदरलाइनडटकम,  
नेपालगञ्ज : नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलले बताए । खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर सन्चालन गर्ने राखेपका सदस्य सचिव केशव विष्टले जानकारी दिए ।
उपचारका लागि भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर, मेडिकल कलेज नेपालगन्ज, भिजन आँखा अस्पतालमा उपचारका लागि प्रवन्ध मिलाइएको छ । खेल प्रतियोगिताका घाइते खेलाडीका लागि अस्पतालका आपतकालीन कक्षका दुईदेखि चार वटा शैया रिजर्ब राखिने संयोजक पौडेलले बताए ।
गम्भीर चोटपटक लागेका खेलाडीका लागि नेपालगन्जमा उपचार सम्भव नभएको खण्ड्मा काठमाडौसम्म लगेर पनि थप उपचारको व्यवस्था मिलाएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार २ सय ११ जना खेलाडी, ६ सय ४० टिम प्रशिक्षक, ४ सय ६१ टिम व्यवस्थापक गरी ६ हजार ३ सय १२ जना सहित विभिन्न उपसमितिका पदाधिकारी सहभागी छन् ।

Next Post

फेन्सिङ : आर्मीलाई ३ स्वर्ण

२९ चैत्र २०७५, शुक्रबार ११:५३
सदरलाइनडटकम, नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन आर्मीले ३ स्वर्ण जितेको छ । नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ले पराजित गरिन् । एपीएफका द्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा […]