अब घर मै बसि क्लियर टिभीको मुभी अन डिमाण्डबाट बिभिन्न फिल्म हेर्न सकिने

सदरलाइन संवाददाता ३ मंसिर २०७७, बुधबार १८:०१
 

नेपालगञ्ज : इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति अव घरमै बसेर विभिन्न फिल्म हेर्न सक्ने व्यवस्था मिलाएको छ । नेपालको एक अग्रणी केबल टेलिभिजन तथा ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु केबलनेट प्रालिले सो को सुरुवात १६ नोबेम्बरबाट लक्ष्मी फिल्मको प्रिमियर सो गरी सुरु गरेको छ ।

सुविसिु केबल नेट च्यानलले क्लियर टिभीको च्यानल नं १११ (एच डि) र ११२ (एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गरेको हो ।

यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नेछन । सो सेवा लिनको लागि ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्ने छन् वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्ने व्यवस्था मिलाईएको छ ।


विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको छ ।

सुबिसुका बारेमा 

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs) व्यानएथर्नेट (WAN Ethernet) होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit), एम.भि.पि (MVP),,डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।

Clear TV का बारेमा

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition / High Definition channels  केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

Next Post

आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्वारा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

३ मंसिर २०७७, बुधबार १८:०१
नेपालगञ्ज : आयुर्वेद चिकित्सा पद्धतिका परवर्तक धनवन्तरीको जन्म जयन्ती तथा आरोग्य दिवसका अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजना तथा स्वालम्बन जेष्ठ नागरिक समाज नेपालगन्ज–१ धम्बोझीको आयोजनामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत कात्तिक २९ गते शुक्रबार मनाईएको […]

सम्बन्धित