बाँके र बर्दियामा राप्रपाको धर्ना

  
  प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       | 82 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : २२ बुँदे माग पुरा गराउन दवावस्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना र प्रदर्शन गरेको छ । राप्रपा पार्टी कार्यालयबाट निस्केको जुलुश प्रशासन कार्यालयको गेटमा १ घण्टा धर्ना दिएको थियो ।
नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म सापेक्ष राष्ट्र घोषणा गरिनुपर्ने, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयताबारे जनमत संग्रह गरिनुपर्ने लगायतका माग अघि सार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभर जनसंघर्षका कार्यक्रमहरु गरिरहेको छ ।
राप्रपा जिल्ला कार्य समिति बाँकेको आयोजनामा नेपालगञ्जस्थित प्रशासन कार्यालयमा दिउँसो १ देखि २ बजेसम्म धर्ना दिईएको थियो । यस्तै बर्दियामा पनि राप्रपाले धर्ना दिएको छ । धर्ना कार्यक्रममा केन्द्रीय सदस्य राजविक्रम शाह, जिल्ला अध्यक्ष बासुदेव शर्मालगायतका नेता कार्यकर्ता सहभागी थिए ।

प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५     5:46:08 PM  |