बाँकेको राप्तीपारी होलिया चौफेरीमा भिषण आगलागी

१५ बैशाख २०७४, शुक्रबार १८:३०
 

सदरलाइनडटकम    
१५, बैशाख नेपालगन्ज :  बाँकेको होलिया चौफेरीमा शुक्रबार दिउसो भिषण आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार शुक्रबार दिउसो ३ः ३० बजे डुडुवा गाउपालिका–१ मा लागेको आगो समाचार तयार पार्दसम्म नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको अथक प्रयासबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि हावा चलेको कारण आगो नियन्त्रणमा आउन सकेको छैन । उनले घटनामा मानविय क्षति नभएको तर एक गाई, एक भैसी र पाडो जलेर मरेको बताए ।
प्रहरी प्रमुख राईले भने–‘आगलागिको खबर आउने विक्तिकै प्रहरीको उद्दारटोली घटनास्थलमा पठाईएको छ । टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम थालीसकेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।’ उनले दिएको जानकारी अनुसार नेपालगन्जबाट हिेडेको दमकल खडैचा नपुग्दै बाटोमै फसेको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्तिलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको हो । घटनास्थल नेपालगन्जबाट करिव २० किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।
यसैबीच प्रत्यक्षदर्शी निरुता ंिसंहले दिएको जानकारी अनुसार आगलागिबाट ४० बढी घर जलेर नष्ट भईसकेको र आगो बढ्दो क्रममा रहेकोले क्षति बढ्न सक्ने बताइन । केहीदिन अघि मात्र सोही होलिया कै कुडुवा गाउमा भएको आगलागीबाट ३ बालबालिकाको मृत्यु हुनुको साथै ८ घर जलेर नष्ट भएको थिए । फोटो   निरुता पाल्पाली 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छिटईपुरवाका आगलागी पीडितलाई एमालेको सहयोग

१५ बैशाख २०७४, शुक्रबार १८:३०
सदरलाइनडटकम  १६ बैशाख, नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका–२ छिटैपुरुवामा भएको आगलागी घटनाका पीडितलाई नेकपा एमाले बाँकेले राहात सहयोग गरेको छ । सो क्षेत्रका सांसद समेत रहेका नेकपा एमाले बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, पार्टीका जिल्ला अध्यक्ष अशोक कोइराला, एमाले केन्द्रीय उद्योग बिभागका सदस्य बिजय गुप्ता आगालागी भएको गाउँमा पुगेर शनिबार राहात […]