ऐन संशोधन पारित गर्दै खजुरा गाउँसभा सम्पन्न

२५ पुष २०७६, शुक्रबार १६:४७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको विहीवारदेखि शुरु भएको छैठौं गाउँसभा विभन्न नीति, ऐन तथा संसोधन विधेयक पारित गर्दै शुक्रवार सम्पन्न भएको छ ।
शुक्रवारको बैठकमा कार्यसूची अनुसार विधान समिति संयोजक योगमाया खनालले शिक्षा विधेयक २०७६, मानव बेचविखनविरुद्धको नीति, बाल विवाह अन्त्यका लागि खजुरा गाउँपालिकाको रणनीतिक योजना प्रस्तुत गरिन भने छलफलपछि सर्वसम्मतले पारित गरिएको खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बैठकको कार्यसूचीअनुसार खजुरा गाउँपालिकाको सहकारी ऐन २०७४ संसोधन, योजनाहरु संशोधन र थप योजनाहरुलाई पूर्ण गर्न भेरिएशन समन्धमा र बजेट रकमान्तरका लागि सभामा प्रस्तुत गरिन् ।
छैठौं गाउँसभाले विहीवार नै शिक्षा र स्वास्थ्य नीति पारित गरिसकेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कार्यसूची अनुरुप ऐन नियम र संसोधन विधेयक पारित भएसंगै सभाका सदस्यहरुलाई धन्यवाद दिँदै छैठौं गाउँसभा अन्त्यको घोषणा गरे ।

Next Post

प्रदेशस्तरीय युवा सम्मेलन नेपालगञ्जमा शुरु

२५ पुष २०७६, शुक्रबार १६:४७
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेशस्तरीय २ दिने युवा सम्मेलन शुक्रवारदेखि नेपालगञ्जमा शुरू भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवाले अरूभन्दा फरक गर्नुपर्नेमा जोड दिए । उनले युवाहरूको विकास तथा प्रदेशका युवालाई अगाडि बढाउन प्रदेश सरकार सदैव तत्पर रहेको बताए । त्यसका लागि […]