नेपालगञ्जमा आजदेखि महोत्सव हुँदै

२६ पुष २०७५, बिहीबार ११:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको कारकादौंमा बिहिवारदेखि नेपालगञ्ज कृषि पर्यटन व्यापार तथा बृहद् सांस्कृतिक महोत्सव शुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक एजि सर्भिसेज प्रालिले जनाएको छ ।
मेलाको अघिल्लो दिन जिल्ला प्रशासन कार्यालय बाँकेबाट हेलिकप्टर संचालनका लागि अनुमति पाइएको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी दर्शकलाई हेलिकप्टर मार्फत यहाँका पर्यटकीय स्थलको भ्रमण गराउने आयोजकको तयारी रहेको छ । प्रचार समितिका संयोजक सुनिल रेग्मीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता समेत हुने भएको छ ।
तीनसय बढि स्टल रहने मेलाको एकलाख बढिले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सव संयोजक नन्दबहादुर बुढाले महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योती मगर, विराज भट्ट, निखिल उप्रेती, सरस्वती लामा, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, प्रमोद खरेल, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने जानकारी दिए ।
महोत्सवको संघीय सरकारका कृषि राज्यमन्त्री रामकुमारी चौधरीले दिउसो एकबजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको प्रचार संयोजक रेग्मीले बताए ।

Next Post

डीएनएबारे निर्मलाकी आमामाथि हातपात

२६ पुष २०७५, बिहीबार ११:३२
सदरलाइनडटकम, कञ्चनपुर : निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो । परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी […]