बारामा विद्यार्थीद्वारा प्रहरी भ्यानमा आगजनी

१६ चैत्र २०७५, शनिबार १३:५१
 

सदरलाइनडटकम,
बारा : बाराको जीतपुर बजारमा विद्यार्थीले प्रहरी भ्यानमा आगजनी गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिपछि परीक्षा स्थगित गरेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन् ।
अहिले जीतपुर तनावग्रस्त भएको छ । बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीले घरको छतबाट प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रदर्शनकारी विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायरसमेत गरेको छ ।



प्रदर्शनकारीलाई नियन्त्रणमा लिने प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहर गरेको छ भने दर्जनभन्दा बढी हवाई फायर समेत गरेको छ । आक्रोशित विद्यार्थीहरुले प्रहरीको एक भ्यानमा आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विद्यार्थीहरु सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका बेला प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले प्रहरीले अवरोध हटाउने बहानामा विद्यार्थीहरु माथि हातपात गरेको, छात्रहरुलाई दुर्ब्यबहार गरेको आरोप लगाएका छन् । झडपका क्रममा आधा दर्जन जति विद्यार्थी र केही प्रहरीसमेत घाइते भएका छन् ।

Next Post

२४ किलो चरेशसहित भारतीय नागरिक पक्राउ

१६ चैत्र २०७५, शनिबार १३:५१
सदरलाइनडटकम, वीरगञ्ज : वीरगञ्जको नयाँ बसपार्कबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कोलकता शिविपुरका ३० वर्षीय शहनवाद अब्दुल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले शनिवार बिहान नियमित जाँचका क्रममा वीरगञ्जबाट भारत तर्फ जाँर्दै गरेका अब्दुललाई रोकी जाँच गर्दा २४ […]