मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरगत विपन्न गृहणीलाई आयआर्जन तालिम

११ फाल्गुन २०७६, आईतवार १९:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  प्रदेश ५ सरकारले राज्यको मुलप्रवाहमा नसमेटिएका नागरिकको घर दैलोमै सहयोगको पुराउने उद्देश्यले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
बाँकेको डुडुवा गाउपालिकामा प्रदेश नं. ५ का प्रदेस सभा सदस्य पार्वती पुन (उशा) ले प्रदेशका हरेक गरिब, विपन्न र राज्यको मुलप्रवाहमा नसमेटिएका नागरिकको घर दैलोमा सहयोग पुराउने उद्देश्यले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालनमा ल्याईएको जानकारी दिईन ।
उनले सो कार्यक्रम अन्तरगत बाँकेको डुडुवा गाउँपालिकाको वडानं. ५ का विपन्न तथा लक्षित वर्गका गृहणी महिलालाई आयआर्जनमा जोड्नको लागि बेतबासका सामाग्री निर्माण तालिमको उद्घाटन गर्दै सांसद पुनले सो कार्यक्रम सञ्चालनमा ल्याईएको बताईन ।
एक महिनासम्म सञ्चालन हुने सो तालिमबाट सीप सिकेर आयआर्जनका लागि सहयोग पुग्ने उद्देश्यले संचालित कार्यक्रममा सहभागि गृहणी महिलालाई सीप सिकेर व्यवहारमा उर्तार्दै व्यवसयी बन्न आग्रह गरिन ।
उनले प्रदेश सरकार हरेक गरिब, हिंसा पीडित महिला, पछाडी परेका मधेसी, मुस्लिमको आयआर्जन र बालबालिकाको शिक्षाका लागि यस प्रकारका ग्रामीण महिलाको सहयोग गर्ने कार्यक्रम संचालन गरेको कुरामा जोड दिईन ।
कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बाँके जिल्ला सहजकर्ता जमुना चालिसेले सिप सिक्नका लागि सरकारले सहयोग गरेकोले सिकेको सीप व्यवहारमा उतार्दै व्यवसायी बन्नका लागि महिला नै अग्रसर हुनुपर्ने बताईन ।
उनले तालिमबाट विभिन्न प्रकारका वेतबाँसका घरायसी प्रयोग हुने कुर्सी, फुलदानी, ह्याङ्गगर, स्टुल, टेबुल निर्माण गर्ने सीप तालिममा सिकाइने जानकारी दिईन । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरगत बाँकेमा ५२ लाखको विभिन्न खालका कार्यक्रम सञ्चालन रहेको छ ।
स्थानीय महिलाको माग अनुसार डुडुवा गाउँपालिका स्तरीय मख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिले तालिम संचालनका लागि ८ लाख सहयोग गरेको समितिका सदस्य प्रेमकुमारी शाहीले बताईन ।
तालिम मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोग र डुडुवा गाउँपालिकाको आयोजना संचालन हुने छ । गतवर्ष सिप सिकेका र यस वर्ष नयाँ सिप सिक्ने करिब ३० जना महिलाको सहभागिता रहने सदस्य शाहीले जानकारी दिईन ।


Next Post

शेर्पा समुदायद्वारा ग्याल्बो ल्होसार मनाईंदै

११ फाल्गुन २०७६, आईतवार १९:१५
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी सोमवार मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी […]

सम्बन्धित