राँझाचोकमा अज्ञात समुहले राखेको बम सेनाद्वारा निस्कृय पारियो

३० फाल्गुन २०७५, बिहीबार ११:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझाचोकमा अज्ञात समुहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
अज्ञात समुहले गएराती राँझा विमानस्थल जाने चोकदेखि सय मिटर उत्तर राजमार्गमा बम राखिएको भए पनि बिहीबार बिहान ९ बजे मात्र राँझामा रहेको नेपाली सेनाको भैरवप्रसाद गणबाट खटेको टोलीले सो बम डिस्पोज गरेको थियो ।
नेपाली सेनाका उपसेनानी मोहन वलीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर ९ः४५ मा सो बम डिस्पोज गरेको हो । बम शक्तिशाली बकेट बम भएको बम डिस्पोजल टिमका उपसेनानी ओलीले जानकारी दिए । सो बमका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको थियो ।  

Next Post

निर्मला घटनाका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश

३० फाल्गुन २०७५, बिहीबार ११:३४
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीवार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला […]

सम्बन्धित