नेपाल र मलेशियाबीच मैत्रीपूर्ण फुटबल स्थगित

२५ फाल्गुन २०७५, शनिबार १५:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाली राष्ट्रिय फुटबल टिम र मलेशियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेशियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसँग यही २६ मार्चका लागि तय भएको खेल तत्कालका लागि स्थगित भएको हो ।
मैत्रीपूर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यो महिना कोटाभन्दा बढी खेल हुने भएकाले फिफाबाट अनुमति नपाएको हो । मलेशियाले फिफाबाट एक महिनामा ३ मैत्रीपूर्ण खेल खेल्न पाउने प्रावधान रहेको छ । मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको बताए ।
उनले मलेशिया फुटबल र एन्फा मैत्रीपूर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी दिए । मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपनि नेपालले कुवेतसँग उसैको मैदानमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । जसमा पहिलो खेल २१ तारिखमा हुनेछ भने अर्को खेल २५ तारिखमा हुनेछ । जसका लागि नेपाली फुटबल टिम १९ तारिखमा कुवेत प्रस्थान गर्नेछ ।

Next Post

भुक्तानी नुहँदा सौर्य बत्ती हटाइयो

२५ फाल्गुन २०७५, शनिबार १५:३१
सदरलाइनडटकम, डोटी : दिपायलमा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न शुरु गरेका हुन् । सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती […]

सम्बन्धित