जडीबुटीको निकासी घट्दै, सरकारी निकाय मौन

७ बैशाख २०७६, शनिबार १४:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल सरकारले चासो नदिँदा नेपालगञ्ज नाकाबाट जडीबुटी निकासी घट्दै गएको छ । आर्थिक ०७०/०७१ यताको तथ्यांकअनुसार नेपालबाट बर्षेनी ४० लाख केजीभन्दा बढी जडीबुटी निकासी हुने गरेको छ । तर, भारतको अवरोध पछि चालू आर्थिक वर्षम २७ लाख ५४ हजार २०० केजी मात्र निकासी भएको छ ।
नेपालगञ्ज नाकाबाट आव २०७०/७१ मा ४७ लाख ३५ हजार ६४ केजी, २०७१/७२ मा ४६ लाख ९ हजार २८७, २०७२/७३ मा ४६ लाख ३८ हजार २ सय १५, आव २०७३/७४ मा ४० लाख ५० हजार ६४७ केजी जडीबुटी निकासी भएको तथ्यांक छ । तर, आव २०७४/५ मा त्यो परिणाम घटेर २७ लाख ५४ हजार २०० मा झरेको छ । भारतले सूचीकृत गरेका जडिबुटीमा पनि नामको समस्या छ ।
नेपालबाट निकासी हुने टिमुरको बैज्ञानिक नाम जन्थोजाइलम अरमेटम हो, तर भारतले सूचीकृत गर्दा जन्थोजाइलम वन्जियानम उल्लेख भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सूचीकृत भएका रिट्ठा, तेजपत्ता, कुट्कीजस्ता जडिबुटीको नाम फरक पर्दा संकलन भएका जडीबुटी गोदाममै थन्क्याउन परेको छ । नाम सच्याउन संघले पहल गरे पनि कतैबाट सुनुवाइ नभएको अध्यक्ष अन्सारीको गुनसो छ । भारत सरकारले लागू गरेको नयाँ नीतिअनुसार नेपालले पहल नगरेका कारण भारत निकासी गर्न नेपालगञ्जमा भण्डारण गरिएको एक हजार ५०० मेट्रिक टन जडीबुटी अलपत्र परेको छ ।
संघका अनुसार भारतले सन् २००३ मा नयाँ नीति लागू गरेपछि नेपालगञ्ज नाकाबाट भारत निकासी हुने जडीबुटी ठप्प भएको हो । नेपालबाट ८० थरिका जुडीबुटी भारतमा निकासी हुने गरे पनि भारत सरकारले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि भारतीय क्वारेन्टाइनमा २६ थरी जडिबुटी मात्र सूचीकृत भएको छ । सूचीकृत जुडिबुटी मात्र भारतमा निकासी गर्न पाइने भएपछि बाँकी जडीबुटी सीमा नाकामा थन्किएको हो ।
नेपालगञ्ज नाकाबाट निकासी हुँदै आएका पषाणवेद, कुरिलो (सतावर), ममला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना, सिकाकाई लगायतका जडीबुटी गत मंसिरदेखि रोकिएको थियो । अहिले सबै प्रकारका जडीबुटी निकासीमा रोक लागेको छ ।

Next Post

कर्मचारी पक्राउपछि बाँके मालपोतका सेवाग्राही मर्कामा

७ बैशाख २०७६, शनिबार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला भूमि व्यवस्था तथा मालपोत कार्यालय बाँकेमा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । कुल ५१ जना कर्मचारीमध्ये ११ जना पहिलेदेखि नै नभएको र १० जना कर्मचारी सरकारी जमिन किर्ते गरी व्यक्तिको नाममा रजिष्ट्रेशन पास गरेको आरोपमा पक्राउ परेपछि ३० जना कर्मचारीको भरमा कार्यालय सञ्चालन भइरहेको […]

सम्बन्धित