ट्रयाक्टरमा च्यापेर एक जनाको मृत्यु

१७ फाल्गुन २०७५, शुक्रबार १८:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ट्रयाक्टरले च्याप्दा बाँकेमा एक जनाको मृत्यु भएको छ । बिहीवार बेलुकी राप्ती सोनारी ६ का पुस्पलाल थारुलाई ढलैचामा ट्रयाक्टरले च्यापेको थियो । गम्भीर घाइते थारुलाई उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज ल्याइए पनि शुक्रवार बिहान उनको मृत्यु भएको हो ।
सिकिस्त अवस्थामा ल्याइएका थारुको कम्मरदेखि तलको पुरै भाग क्षत बिक्षत अवस्थामा रहेको चिकित्सकले बताएका छन् । थारुलाई च्यापने भे १ त ४९८६ नम्बरको ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय भगवानपुरले नियन्त्रणमा लिएको छ ।

Next Post

डुडुवामा शुक्रवारदेखि धार्मिक मेला शुरु

१७ फाल्गुन २०७५, शुक्रबार १८:२२
सदरलाइनडटकम, डुडुवा (बाँके) : प्रत्येक बर्ष जस्तै यस वर्ष पनि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा शुक्रवारदेखि धार्मिक मेला शुरु भएको छ । मियागञ्जमा शुरु भएको धार्मिक मेला चार दिनसम्म चल्ने छ । बनकट्टीस्थित सुफी सन्त हजरत ईब्राहिम खलिल अहमद शाहको उर्समा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य हुने […]