हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन शुरु

१५ फाल्गुन २०७५, बुधबार १७:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पनि आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन शुरु गरिएको छ । जिल्लामा ३ दिनसम्म अभियानका रुपमा हात्तीपाइले विरुद्धको औषधी खुवाइने छ ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले नेपालगन्जमा हात्तीपाइले रोगविरुद्धको औषधी खाएर अभियानको शुरुवात गरे । संयोजक श्रीबास्तबले औषधिका बारेमा स्थानीयबासिन्दा तथा सर्वसाधारणमा केही भ्रम भएको कारण उनीहरुले सिधै औषधि खान नमानेको कारण आफुहरु त्यस्तो भ्रम चिर्न जयसपुर बुथमा आएर स्थानीय जनताकै अगाडि औषधि सेवन गरेको जानकारी दिए ।
उनले मधेशी मुस्लिम बाहुल्यता रहेको जयसपुरमा जनचेतनाको कमी भएको कारणले स्थानीयबासिन्दाले औषधि खान आनाकानी गर्ने भएकोले सो बुथमा आएको बताए ।
सो अवसरमा नेपालगन्ज उपमहानगरको मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापामगर लगायतले औषधि खान आग्रह गर्दै औषधि खाए पनि सो वडाका जनप्रतिनिधिले भने विभिन्न कारण देखाउदै औषधि खाएनन ।
जनस्वास्थ्यले गरेको एक सर्वेक्षण अनुसार बाँकेमा १३ प्रतिशत मानिसमा हात्तीपाइले रोगको संक्रमण छ । सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका र बाँकेको रझेनामा हात्तीपाइलेका बिरामी छन् ।
बाँके जिल्लामा ५ लाख ८८ हजार २ सय ८७ जना मध्ये गर्भवती महिला, दीर्घ रोगी र २ वर्षमुनिका बालबालिकालाई भने खुवाउन नहुने चिकित्सकले बताएका छन् ।  

Next Post

नेपालगञ्जमा बिहीबारदेखि पाँचदिने शिव साधना सुरु हुँदै

१५ फाल्गुन २०७५, बुधबार १७:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक चौथो शिव साधना शिवरात्री बिशेष कार्यक्रम हुने भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा फागुन १६ देखि २० गतेसम्म शिव साधना आयोजना मुल समिति, नेपालगञ्जको आयोजनामा शिव साधना हुने भएको हो । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा हुने शिवरात्री विशेष […]