देशैभर मनसुन सक्रिय : केही प्रदेशमा भीषण वर्षाको सम्भावना

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १०:३३
 

काठमाण्डौ : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशभरको मौसब बदली भएको छ ।

जेठ २८ गतेदेखि नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन ३० गतेदेखि देशैभरि फैलिएको छ । जसका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भीषण हुने भएको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर मौसम बदली रहने छ । देशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व रक्तदाता दिवस मनाईंदै

३१ जेष्ठ २०७८, सोमबार १०:३३
काठमाण्डौ : सोमवार विश्व रक्तदाता दिवस । ’यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे […]