सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सडक डिभिजन परिसर कारकाँदोमा हुन लागेको प्रादेशिक महोत्सवमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ ।
महोत्सव साँस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहका अनुसार लोकदोहोरी तर्फ गायक रामजी खाँड, बद्री पंगेनी, प्रकाश सपुत आउने भएका छन् । त्यस्तै आधुनिक तर्फ राजेशपायल राई, रुपटक डोटेल, राजनराज सिवाकोटी र यम बराल छन् भने हाँस्य बिधा तर्फ चर्चित कलाकार मनोज गजुरेल आउने भएका छन् ।
अन्य कलाकारहरुको पनि सहभागिता हुने शाहले जानकारी दिए । उनका अनुसार महोत्सवमा बिगतका वर्षझैं यसपटक पनि बृहद नृत्य प्रतियोगिता देखि कल्चरल फेशन शो पनि हुने छ । महोत्सव आउन केही दिन मात्र बाँकी रहेकाले तयारी तीब्र पारिएको प्रचारप्रसार समितिका संयोजक टंक धामीले जानकारी दिए ।
Next Post
तयारी कपडा र नेपालगञ्ज इलोक्ट्रिकल विजयी
८ फाल्गुन २०७५, बुधबार १९:००
सम्बन्धित
-
४ कार्तिक २०७५, आईतवार १३:४२
अछाममा सात वर्षीया किशोरी बलात्कृत
-
१८ मंसिर २०७४, सोमबार १८:३६
एकिकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार कंडेललाई हिन्दू राष्ट्र पक्षधरको भर
-
१९ श्रावण २०७९, बिहीबार १५:१५
श्री एयरलाइन्समा धुवाँ निस्किएपछि नेपालगञ्ज फर्काइयो
-
१४ मंसिर २०८०, बिहीबार १४:०६
राप्तीसोनारीस्थित नदीमा पुल बनेपछि स्थानीय उत्साहित
-
३१ बैशाख २०७७, बुधबार १७:०४
खोलामा एम्बुलेन्स खस्दा ६ जना घाइते
-
२ पुष २०७५, सोमबार १९:०१
दश किलो चरेशसहित नेपाली युवक पक्राउ