‘बी’ डिभिजन लिगमा सोमवार दुई खेल हुँदै

सदरलाइन संवाददाता २४ फाल्गुन २०७७, सोमबार ०९:२०
 

काठमाण्डौ : शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सोमवार दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र आठौं स्थानमा रहेको मध्यपुर युथ क्लब खेल्दैछन् ।

खेल सवा १२ बजे हुनेछ । सातदोबाटोको ९ खेलमा २५ अङ्क छ । मध्यपुरको ९ खेलमा १० अङ्क छ ।


त्यस्तै एन्फा मैदानमै दिउँसो साढे तीन बजे रानीपोखरी कर्नर टिम आरसीटी र पुल्चोक स्पोर्ट्स क्लब खेल्दैछन् । आरसीटी १३ अङ्कसहित पाचौं स्थानमा छ भने पुल्चोक २ अङ्कसहित पुछारमा छ ।

Next Post

कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटियो

२४ फाल्गुन २०७७, सोमबार ०९:२०
दैलेख : कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो । प्रहरीका अनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव सोमवार बेलुकी भेटिएको हो । […]