भोलीदेखि पुनः वर्षा र हिमपातको सम्भावना

५ फाल्गुन २०७५, आईतवार १६:२७
 

सदरलाइनडटकम,
काठमाण्डौ : पश्चिमी वायुको प्रभावले आईतवार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आईतवार मौसममा केही सुधार भई घाम लागेपनि सोमवारबाट देशभरीकै मौसम पुनः प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमवार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् बासीले बताइन् ।
राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि सोमवार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलवार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

Next Post

ठूलो परिमाणको चरेशसहित दुई महिला पक्राउ

५ फाल्गुन २०७५, आईतवार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित दुई नेपाली महिला भारतीय सीमावर्ती बजार रुपईडिहामा पक्राउ परेकी छन् । भारतको हिमाञ्चल प्रदेश जान लागेकी दुबै महिलालाई ६ किलो ४ सय ग्राम चरेशसहित भारतीय एसएसबीले पक्राउ गरेको हो । रोल्पा थावाङ वडा नं. १ बस्ने ४८ वर्षीया मायादेवी र रुकुम कनक वडा नं. […]

सम्बन्धित