बाँके युनेस्को क्लबको २७ औं साधारणसभा सम्पन्न, प्रवेज उच्च शिक्षा छात्रबृत्ति कोष स्थापना

१२ भाद्र २०७३, आईतवार ०४:५०
 

सिद्दिकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

सदरलाइनडटकमunnamed
१२ भदौ, नेपालगन्ज : बाँके युनेस्को क्लबको २७ औं साधारणसभा तथा आठौं महाधिवेशनबाट पुनः प्रवेज अली सिद्दिकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सिराज खान, उपाध्यक्ष पन्चम गुरुंग, महासचिवमा मिना भुषाल, सचिवमा बुधेश जयसवाल, कोषाध्यक्षमा देवकी गौतम निर्वाचित भए भने सदस्यहरुमा फरमान अली सिद्दिकी, भावुक जंग थापा, उमेश सिंह थारु, नायाब सिद्दिकी, प्रिति चौधरी र फिरदौस जहाँ रहेकी छन् ।
साधारणसभाले सन २०१८ सम्ममा नेपालगन्ज उप–महानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने निर्णय गर्दै सो का लागि उप–महानगरपालिका र बिभिन्न दातृ निकायको सहयोग लिइने निर्णय गरेको छ ।
आर्र्थिक अभावले उच्च शिक्षा प्राप्त गर्न नसक्ने २ जना बिपन्न विद्यार्थीलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गर्न बाँके युनेस्को कलबका अध्यक्ष प्रवेज अली सिद्दिकीको नाममा ‘प्रवेज उच्च शिक्षा छात्रबृत्ति कोष’ स्थापना गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
यसअघि साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव कमलेश्वर सिन्हाले नेपालभरी कै युनेस्को क्लबहरुमध्ये बाँके युनेस्को क्लब उत्कृष्ठ स्थानमा रहेको जनाउँदै कलबले आफ्नो २६ बर्षकोे अवधीमा धेरै उल्लेखनीय काम गरेको बताए ।
उनले क्लबले हालसम्म गरेका कामहरुको सबै क्षेत्रबाट उच्च मूल्यांकन भैरहेको पनि बताए । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लबका सल्लाहकार झलक गैरेले शिक्षा, स्वास्थय र बिकासका क्षेत्रमा धेरै काम गरेको औल्याए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, क्लबका सल्लाहकार पत्रकार निरज गौतम, गैरसरकारी संस्था महासंघ बाँकेका सचिव नमस्कार शाह, युएसएआइडी ईजीआरपीका जिल्ला संयोजक उपेन्द्र भण्डारी, बागेश्वरी असल शासन क्लबका अध्यक्ष मन बहादुर भण्डारी, सिसा दांगका अध्यक्ष साजिदा सिद्दिकी, युवा संजाल बाँकेका सचिव राजन वर्मा, बालक्लब संजाल नेपालगन्जका अध्यक्ष साहिल अन्सारी, मौलाना जियाउल मुस्तफा नुरानी र क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले क्लबले गरेका गतिविधिबारे आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उद्योग बाणिज्य संघमा बैश्य

१२ भाद्र २०७३, आईतवार ०४:५०
सदरलाइनडटकम     १३ भदौ नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा नन्दलाल बैश्य विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वीहरुलाई फराकिलो मत अन्तरले पछाडि पादै नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन । गत भदौ ११ गते भएको निर्वाचनमा बैश्य प्यानलबाटै दुई उपाध्यक्ष तथा ७ सदस्य समेत विजय भए […]