ललितपुरमा पानी जहाज कार्यालय स्थापना

२ फाल्गुन २०७५, बिहीबार १३:३५
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल सरसरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीवार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरे । एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयमा पानीजहाज कार्यालय बनाइएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सहसचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।
भारतले गण्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउने गरी नयाँ परियोजनाको काम थालेको छ । भारतका सिपिङ, जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजनाको गत सोमवार शिलान्यास गरेका थिए । भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा सामान ढुवानी गर्न यो परियोजना बनाउन लागिएको जनाएको छ ।
नेपाली सीमाबाट नजिकैको बगाहासम्म पानीजहाज ल्याउन भारतले काम थालेपछि अब नारायणी नदीमा पनि पानीजहाज चलाउने कुराले सार्थकता पाउने नेपाली अधिकारीहरूले बताएका छन् । कोसी र गण्डकीमा पानीजहाज चलाउनेबारे थप अध्ययन र छलफल गर्न भारतीय प्राविधिकको टोली काठमाडौं आउँदैछ ।

Next Post

१८ किलो सुनसहित कञ्चनुपुरमा दुई पक्राउ

२ फाल्गुन २०७५, बिहीबार १३:३५
सदरलाइनडटकम, कञ्चनपुर : ठूलो परिमाणको सुनसहित कञ्चनपुरमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीवार १८ किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान महाशाखा काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट […]