रास्वपा महामन्त्री ढकाललाई अनुशासनको कारवाही उनी अब साधारण सदस्यमात्र

सदरलाइन संवाददाता २६ असार २०८१, मंगलवार १४:०८
 

काठमाडौँ  :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई अनुशासनको कारवाही गर्दै पद मुक्त गरेको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा उनलाई पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पद मुक्त गरेको हो ।

उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कारवाहीसंगै उनी अव पार्टीको साधारण सदस्य मात्र रहने छन् ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ ।


रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ ।

पार्टीभित्र बोले कै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नको जवाफमा प्रवक्ता झाले भने ‘उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सचिवालय बैठक सर्यो

२६ असार २०८१, मंगलवार १४:०८
काठमाडौँ : मंगलबार आज बोलाईएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि सरेको छ । सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो । उनले सो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन […]