भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

सदरलाइन संवाददाता २६ बैशाख २०८०, मंगलवार १५:२९
 

काठमाण्डौ : भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २०–२५ जना घाइते भएका छन् ।


खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेको थियो । नदीमा पानी थिएन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिप्परको ठक्करबाट नेपालगञ्जमा एक जना गम्भीर घाइते

२६ बैशाख २०८०, मंगलवार १५:२९
नेपालगञ्ज : नेपालगञ्जमा टिप्परले ठक्कर दिँदा एक जना भारतीय नागरिक गम्भीर घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीमा मंगलबार दिउँसो १२ः१५ बजे ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका भारत रुपईडिहा रामपुरका सुरेश तेली गम्भीर घाइते भएका हुन् । […]