सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मू कश्मीर राज्यको कुलगाम जिल्लामा बिहीवार गएको हिमपहिरोमा परि ६ जना प्रहरीसहित १० जना बेपत्ता भएका छन् । श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरी बेपत्ता भएका हुन् ।
हिमपहिरोमा २० जना पुरिएपनि १० जनाको सुरक्षित उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन् । अधिकारीहरुका अनुसार प्रहरीलगायतको उद्धार टोली घटनास्थलमा खटिएको छ ।
बुधवारबाट नै कश्मिर घाटीमा भारी हिमपात भएको हो । पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो । कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो । जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ ।
(एजेन्सीको सहयोगमा)
Next Post
प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सुधार
२५ माघ २०७५, शुक्रबार १०:३६
सम्बन्धित
-
१० भाद्र २०८१, सोमबार १९:१०
राज्य सत्ता सञ्चालनमा कमजोर निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : महासचिव पोखरेल
-
११ कार्तिक २०८०, शनिबार १३:२७
आज राती खण्डग्रास चन्द्रग्रहण लाग्दै
-
१ पुष २०८०, आईतवार १४:५५
विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि खेलाडी छनौट
-
२७ भाद्र २०७६, शुक्रबार १८:४८
जीवित शिशुलाई मृत घोषित गर्ने अस्पतालद्वारा स्पष्टीकरण
-
५ चैत्र २०७५, मंगलवार १८:५४
तालिममा महिलालाई मेशिन प्रदान
-
३ फाल्गुन २०८०, बिहीबार १३:५३
राप्तीसोनारीका सहकारीमा चोरी बढ्यो