सिण्डकेट पक्षधरले सुविधायुक्त बसमा तोडफोड गरेको आरोप

२ आश्विन २०७३, आईतवार १६:४०
 

सदरलाइनडटकमIMG_9566  
२ असोज, नेपालगन्ज : बर्दियाबाट सुविधायुक्त बस सेवा सुरु गर्न थालेको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सिण्डिकेट प्रणालीबाट बस सञ्चालन गर्दै आएको समुहले आफ्ना तीनवटा बसमा तोडफोड गरेको आरोप लगाएका छन् ।
नेपालगन्जमा प्रालिले सुरु गर्नलागेको बस सेवाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘ सिण्डिकेट प्रणाली अन्तरगत बस सेवा चलाउदै आएकाहरुले सुविधा युक्त बस सञ्चालन गर्न नदिने भन्दै फोन धम्की दिएका दिएै छन् । यसैक्रममा हाम्रो तीनबटा बसमाथि तोडफोड भएको छ ।’

उनले कृष्णसार यातायात समिति बर्दियाका अध्यक्ष शम्भु रिजालले आफ्ना बस सञ्चालनमा अबरोध पु¥याउने र बर्दियाबाट चल्न नदिने भन्दै फोनबाट पटक–पटक धम्की समेत दिएको दावी गर्दै भने–‘ सरकारले समेत सिण्डिकेट खारेज गरेको अवस्थामा हामीले सेवा बढाएर यात्रुको सेवामा आउदा समितिले स्वागत गर्नुको साटो गुण प्रयोग गरी तोडफोडमै उत्रिनुले सिण्डिकेट कै गन्ध मिलेको छ ।’


IMG_9562
उनले नेपालगन्ज र बर्दियामा आफ्नो बसमाथि तोडफोड कृष्णसार समितिको निर्देशनमा समितिकै कर्मचारीले तोडफोड गरेको दावी गरे । उत्कृष्ठ सेवा दिदै यात्रुलाई आफ्नो तर्फ आकर्षण गर्नुको साटो पुराना र जिर्ण अवस्थाका साधन प्रयोग गरी सिण्डिकेट प्रणालीबाट सञ्चालित हुँदै आएकाले प्रालिका बसमाथि आक्रमण गरिएको भन्दै दुखेसो समेत पोखे ।
भेरी यातायात प्रालिको बस सेवा सुरु नहुँदै नेपालगन्जस्थित कारकाँदोमा ना ६ ख ८४४४  नम्बरको बस र ना ६ ख ७८९२,  ना ६ ख ८४३९ नंबरको बस मैनापोखरमा सिण्डिकेट पक्षधर यातायात व्यवसायी समितिले परिचालन गरेका व्यक्तिको समुहले बसमा तोडफोड गरेको प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । तोडफोडबाट बसको अगाडिको शिशा, पछाडी पट्टीका दुईवटा शिशाहरु र लुकिङ्ग ग्लास फुटेका छन् । IMG_9564
बसका शिशाहरु फुटाईपछि भेरी यातायत प्रालिले तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा लिखित निवेदन दिएको प्रालिका सञ्चलक तथा कानूनी सल्लाहकार प्रोमेद धितालले जानकारी दिए ।
यसैबीच कृष्णसार यातायात समितिका अध्यक्ष शम्भु रिजालले भेरी यातायात प्रालिको बस तोडफोडमा आफ्नो समिति र समितिका कुनैपनि कर्मचारीको संलग्नता नभएको दावी गरेका छन् । उनले आफुले भेरी यातायातका बस चल्न नदिनको लागि तर्साउने, धम्काउने र तोडफोड गर्न लगाउने जस्ता कार्यमा आफु कतई नलागेको स्पष्ट पार्दै आफु सिण्डिकेट पक्षको समेत नभएको बताए ।
उनले भेरी यातायातले तोडफोडमा संलग्न भनेर आफ्नो नाम अनावश्यक रुपले लिएको प्रति दुःख व्यक्त गर्दै भने–‘मैले कसैलाई पनि धम्क्याएको छैन, प्रतिश्पर्दी व्यावसायी भए पनि सबै पक्ष बसेर कसरी व्यावसाय सञ्चालन गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीलाई छलफल चलाउने बाताबरण मिलाउन भनेको थिए । बस तोडफोडमा मेरो र समितिका कुनै कर्मचारीको संलग्नता छैन । हामीलाई अनावश्यक बद्नाम गर्ने कार्य भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८ वटा स्थानीय तहको प्रस्ताव

२ आश्विन २०७३, आईतवार १६:४०
नामाकरणमा स्थानीयले विरोध जनाउदै सच्याउन माग सदरलाइनडटकम ३ असोज, नेपालगन्ज : बाँकेका राजनीतिक दलहरुले आफुहरुको बीचमा लामो बहस र छलफलगरी अन्ततः ८ वटा स्थानीय तहमा सहमति जनाउदै टुंग्याएका छन् । जिल्ला तहमा भएको पटक–पटकको सर्वदलिय÷सर्वपक्षिय छलफलमा सहमतिको आधार खोज्दै ८ वटा स्थानीय तहमा सहमति जनाएका हुन् । गाउँपालिका, नगरपालिका, विशेष, […]