हुलदंगाले सशस्त्र प्रहरीको ३० नं. गणमा तनाव

२१ माघ २०७५, सोमबार १८:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल माग्ने संघले सोमवार विहान सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर नम्बर ३० बागेश्वरी गणमा विरोध प्रदर्शन गर्यो । विरोध प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बल प्रयोग गरेको छ ।
सो क्रममा लाठी चार्ज, अश्रुग्याँस, पानीको फोहरासँगै गोली प्रहार समेत भयो । स्थिती नियन्त्रणमा लिनका लागि कप्mर्यु समेत जारी गर्नुपर्यो । सशस्त्र प्रहरी बल भित्र भएको यो घटना त्यहाँ सञ्चालित सि.सं. २६६ हुल तथा दंगा व्यवस्थापन तालिमको अन्तिम प्रवचनमा सहभागीबाट प्रस्तुत भएको हुलदंगा नियन्त्रणको डेमो हो ।
हुलदंगा नियन्त्रणको डेमो अवलोकन गरेपछि सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारीले सहभागीले प्रस्तुत गरेको हुलदंगा नियन्त्रणको डेमो उत्कृष्ट भएको बताए । उनले तालिमका सिकेका सिपलाई कार्यक्षेत्रमा लागु गर्न निर्देशन समेत दिए ।
सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर नम्बर ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहका अनुसार पुष ८ गतेदेखि शुरु भएको तालिममा ५० जना सहभागी थिए ।

Next Post

बर्दियाको सितापुरमा पाटेबाघको आक्रमणमा परेर एकको मृत्यु एक घाइते (भिडियो सहित)

२१ माघ २०७५, सोमबार १८:४४
सदरलाइनडटकम, बढैयाताल (बर्दिया) : बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं.२ सितापुरमा पाटेबाघको आक्रमणमा परेर एक जनाको मृत्यु हुनुको साथै एक जना गम्भीर घाइते भएका छन् । प्रहरी चौकी जमुनीका ईन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार गौघाटबाट सितापुर जाने पक्की पुल तरेर जाने बाटोमा सोमबार साँझ ५ः २० मा […]