हत्या गरेको आरोपमा कोहलपुरबाट एकजना पक्राउ

सदरलाइन संवाददाता २१ फाल्गुन २०८०, सोमबार १५:१७
 

कोहलपुर (बाँके) : महिलालाई घाँटी थिचेर हत्या गरेको आरोपमा कोहलपुरबाट एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षका रामसिंह थारु रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले थारु पक्राउ परेको जानकारी दिए । अभियुक्त थारुले यही फागुन १७ गते राति बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर ९ बनगाइ निवासी २७ वर्षीया उर्मिला चौधरीलाई घाँटी थिचेर हत्या गरेको आरोप छ ।


प्रहरीले मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय दूध आयातका कारण नेपाली किसान मर्कामा

२१ फाल्गुन २०८०, सोमबार १५:१७
नेपालगञ्ज : बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण […]