सदरलाइनडटकम,
बर्दिया : ठूलो परिमाणको लागूऔषधसहित बर्दियामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर तस्करी गर्ने भारतीय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उत्तर प्रदेश लखिमपुर इन्द्रनगरका २७ वर्षीय हरजित सिंहलाई नेपाल भारत सीमाना निशानगाढास्थित राजापुर नगरपालिका वडा नम्बर ४ शक्तिपुल खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
हरजितले बर्दियाको राजापुर क्षेत्रमा ब्राउनसुगर बिक्रि गर्ने गरिरहेको सूचनाका आधारमा खोजी गर्दा ७० हजार मूल्य बराबरको १० ग्राम ब्राउनसुगरसहित पक्राउ परेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।
