नरैनापुरमा कम्बल बितरण

३० पुष २०७५, सोमबार १९:३६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके)  : बाँकेको अति पिछडिएको नरैनापुर गाउँपालिकामा अति गरीब, पिछडिएको ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन कम्बल बितरण गरिएको छ ।
नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले चिसो बढन थालेपछि गाउपालिकाको बजेटबाट हरेक वडामा बिपन्न परिवार छनौट गरि ३ सय ७० थान तथा सिटिजन ईन्सोरेन्सले उपलब्ध गराएको ५० थान गरि ४ सय २० थान कम्बल बितरण गरिएको जानकारी दिए ।
गाँउपालिका नै अबिकसित र पछाडि परेको भएकोले यहाँ बिपन्न परिवार धेरै रहेकोले सबैलाई पुग्ने गरि कम्बल पुर्याउन नसकिएकोले अति प्राथमिकतामा परेकालाई शुरुमा बितरण गरिएको शाहको भनाई रहेको छ । कम्बल पाउन नसकेकाहरु असन्तुष्ट हुन सक्ने भएको बताउदै थप कम्बल बितरणको प्रयास भईरहेको उनले जिकिर गरे ।
गाँउपालिका प्रमुख साहका अनुसार जिल्ला प्रशासन कार्यालयले पनि १ सय ५० थान कम्बल दिने कुरो भई रहेकोले पहिलो चरणमा छुटेकालाई दोस्रो चरणमा बितरण गरिने छ ।

Next Post

मुख्यमन्त्री पोखरेलकाे : शुभकामना

३० पुष २०७५, सोमबार १९:३६
बुटवल  : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम […]