जानकी गाउँपालिकामा लिङ्क रोड निर्माण शुरु

३० पुष २०७५, सोमबार १५:५३
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको वडानं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडानं. ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु भएको छ ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर फराकिलो र सात किलोमिटर लम्वाई रहने सडक निर्माण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।
‘गनापुरको भित्रसम्म उद्योगहरु खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारी साधन हिँड्न कठिनाई हुँदै आएको छ ।’–सुनारले भने–‘यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।’
गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगहरुले नेपालगञ्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगहरुलाई यो सडक निर्माण पछि सवारी साधन आवागमनमा सहज हुनेछ ।
सिक्टा सिँचाईको नहर समेत यहि सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट ४ मिटर जमिन प्राप्त गरी ७ मिटर चौडाईको लिंकरोड निर्माण शुरु भएको उनले बताए ।
‘हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रुपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई लिङ्करोडका रुपमा निर्माण शुरु गरेका छौँ’– गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने–‘हाम्रो अनुरोधमा सिक्टा सिचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत हुनुभएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।’
गाउँपालिकाको करिव डेढ करोड रुपैया र संघीय सरकार सांसद विकास कोषको डेढ करोड गरी तीन करोडको लागतमा सात किलोमिटर लम्वाईको यो सडक निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिए ।

Next Post

सचिव कुट्ने मन्त्रीमाथि कडा कारबाही गर्न माग

३० पुष २०७५, सोमबार १५:५३
सदरलाइनडटकम, काठमाण्डौ : कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले […]