डाक्टर केसीको सोह्रौं सत्याग्रह शुरु

२५ पुष २०७५, बुधबार १७:३८
 

सदरलाइनडटकम,
काठमाण्डौ : डाक्टर गोविन्द केसीले सरकारले साउन १० गते आफूसँग गरेको सहमति पालना नगरेको भन्दै इलाममा बुधबार ५ बजेदेखि १६औँ सत्याग्रह शुरु गरेका छन् । नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न डाक्टर केसीले माग गरे ।
त्यस्तै निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि डाक्टर केसीले माग गरेका छन् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन सरकारसँग डाक्टर केसीले माग गरे ।
डाक्टर केसीले देशमा बढेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताए । प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण भएको केसीले जिकिर गरे ।

Next Post

सुजुकी बर्गम्यानको नेपालगञ्जमा प्रदर्शन

२५ पुष २०७५, बुधबार १७:३८
सदरलाइनडटकम, नेपालगञ्ज : सुजुकी कम्पनीले नयाँ सुजुकी स्कुटर बर्गम्यान १२५ सिसिको बुधवारदेखि बजारमा ल्याएको छ । सुजुकी कम्पनीको नेपालगञ्जस्थित आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले औपचारिकरुपमा उक्त स्कुटरको चावी आफ्ना सेवाग्राहीलाई हस्तान्तरण गर्दै बजारमा सार्वजनिक गरेको हो । केही दिन अगाडी एउटा कार्यक्रम को बिच बिक्री शुभारम्भ गरे पनि बुधवार पत्रकार […]

सम्बन्धित