शव उठाउन नदिँदा दाङमा अश्रुग्यास प्रहार

९ पुष २०७५, सोमबार १५:१४
 

सदरलाइनडटकम,
दाङ : दाङको घोराहीमा स्कुटी र बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र एक गम्भीर घाईते भएपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
गाडी चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव उठाउन नदिएपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले बताए । अश्रुग्यास प्रहारपछि शव उठाइएको र भीडलाई तितरबितर गरिएको उनले जानकारी दिए ।
दाङको घोराहीमा बसको ठक्करबाट सोमवार स्कुटी चालकको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखनपार्कको घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटीलाई सोमवार विहान साढे ११ बजे ठक्कर दिँदा स्कुटी चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली का २९ बर्षीय मेघराज पुनमगरको घटनास्थलमै मृत्यु भएको थियो ।
स्कुटीमा पछाडी सवार सोही ठाउँकै २४ बर्षीय महेश बुढामगर घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । यसैबिच घटना पछि आफन्त तथा स्थानीयबासीले बसमा तोडफोड गरेका छन् । शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने बस र चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार बस तीब्र गतिमा रहेको थियो ।

Next Post

राप्तीसोनारीमा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना

९ पुष २०७५, सोमबार १५:१४
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेको राप्ती सोनारी गाउपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउपालिकाको कार्यालय परिसर अगैयामा सो केन्द्रको उद्दघाटन गर्दै हस्तान्त्रण समेत गरेका छन् । राप्ती सोनारी गाउपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले सञ्चालन […]