ब्राउनसुगरसहित बाँकेमा २ जना पक्राउ

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १७:०१
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय जमुनाहाले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्णा प्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका वडा नं.९ सारु बस्ने २४ वर्षीया दिपिका पुन मगर रहेकी छिन ।


प्रहरीका अनुसार, भारतबाट भे१२प१४९७ नम्बरको मोटरसाइलमा दुवै जना सवार नेपालगञ्ज आउने क्रममा शंकाको आधारमा जाँच गर्दा रेग्मीले लाएको पाइन्टको गोजीबाट ६ ग्राम ब्राउनसुगर फेला परि पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी इप्रका जमुनाहामा राखि थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा एमालेद्वारा मतदाता भेटघाट तीब्र

२२ बैशाख २०७९, बिहीबार १७:०१
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेले घरदैलो तथा मतदाता भेटघाटलाई व्यापकता दिइरहेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले प्रचारप्रसारलाई व्यापकता दिएको हो । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिब्र पारेको एमालेका उम्मेदवारहरु मतदाताको घरघर पुग्दा फरक दृष्य देखिएको छ । […]

सम्बन्धित