अवसरलाई सदुपयोग गर्ने मुख्यमन्त्री गिरीको भनाई

सदरलाइन संवाददाता १४ माघ २०७९, शनिबार १३:४१
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएकाले अवसरलाई सदुपयोग गर्ने बताएका छन् । आफ्नो कार्यकालमा राम्रो कामका लागि प्रयास गर्ने बताउँदै नसके नराम्रो नगर्ने उनले प्रतिबद्धता जनाए ।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तकको बुटवलमा आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले मुख्यमन्त्रीको कार्यकाल सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

आफूलाई राम्रो कामका लागि आफूलाई बेलाबेलामा झकझकाउन अनुरोध गर्दै जुन कामका लागि लाग्छु, त्यसमा दत्तचित्त भएर लाग्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेश बनाउने काममा दृढ भएर उभिने पनि उनले बताए ।


नेपालमा बनेका सरकारहरू टिक्न नसक्नुको कारणबारे खोजी गरी समस्या समाधानमा लाग्नुपर्ने उनले बताए । आन्तरिक राजनीति मात्र नभई भूराजनीतिको पनि प्रभाव छ कि ? जस्ता गहन विषयको पनि सूक्ष्म अनुसन्धानमा लेखकहरू लाग्नु आवश्यक रहेको बताए ।

मुख्यमन्त्रीले सत्ता सङ्घर्ष पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरे पनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गर्दै यो पुस्तकलाई आधार मानेर अर्को अनुसन्धानमूलक पुस्तकका लागि लेखकलाई आग्रह गरे ।

मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसको पछाडिको कारण विषयमा पनि खोजी हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको भेरीगंगाले दीर्घरोगीलाई मासिक २ हजार दिने

१४ माघ २०७९, शनिबार १३:४१
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले दीर्घरोगीलाई मासिक २ हजार दिने भएको छ । पालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरुलाई उपचार खर्च स्वरुप मासिक दुई हजार दिने निर्णय गरेको छ । उक्त रोग भएका पीडितहरुले रकम प्राप्त गर्नलाई चिकित्सकको […]