युवा बिद्यार्थीद्वारा भेरी अस्पताललाई ध्यानाकर्षण पत्र

२७ माघ २०७६, सोमबार १६:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेले बिभिन्न माग राख्दै नेपालगञ्जस्थित भेरी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अस्पताल प्रशासनसंग आम सेवाग्राहीको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अनेरास्ववियुका बाँकेका संयोजकसुरेन्द्र जंग शाह, सहसंयोजक टेकेन्द्र मल्ल तथा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्याल, सहसंयोजक आकाश कार्किले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीलाई बुझाइएको हो ।
प्रत्येक ओपिडिमा विशेषज्ञ चिकित्सकहरु अनिवार्यरुपमा बस्ने ब्यवस्था मिलाउनु पर्ने, २४ सै घण्टा युएसजी, एक्सरे, सीटी स्क्यान, प्याथोलोजी, इमरजेन्सी र प्रसुती सेवाहरु सञ्चालन, अस्पताल परिसरको बाहिर र भित्र रहेका सम्पुर्ण मेडिकल र स्वास्थ्य क्लिनिकहरु हटाई अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधि र अस्पताल ओपिडीबाटै बिहान ९ देखि साँझ ५ बजेसम्म अनिवार्यरुपमा सेवा प्रदान गर्ने ब्यवस्था मिलाउनु पर्नेलगायतका माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु बाँकेका संयोजक शाहले बताए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य किशोर थापाको उपस्थिति रहेको कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट अधिकारीले ध्यानाकर्षण गराएकोमा धन्यवाद दिँदै अस्पताल सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


Next Post

चरेशसहित कैलालीमा दुईजना प्रकाउ

२७ माघ २०७६, सोमबार १६:३९
सदरलाइनडटकम, कैलाली : ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शिबराज नगरपालिका वडा नं. ९ का २४ वर्षीय विश्वास थापा र सोही ठाउ बस्ने २५ बर्षीया सिता राना मगरलाई ४ किलो ८ सय ग्राम चरेशसहित सोमवार प्रहरीले पक्राउ गरेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका ११ […]