महिला तथा पुरुष बृद्धिचाल छनौट सम्पन्न

२१ मंसिर २०७५, शुक्रबार १९:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा छनौट खेल सुरु भएको छ । यस क्रममा बुद्धिचाल खेलको छनौट प्रतियोगिता सम्पन्न भएको हाे । बिहीबारदेखि सुरु भएको बुद्धिचाल खेलमा पुरुष तर्फबाट तिर्थ विक, जगतलाल तुलाधर र धनराम ओली क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन् ।
यस्तै महिला तर्फबाट नेपालगन्ज मोडेल एकेडेमीका छात्रा अस्मिता रावल प्रथम भईन भने द्धितियमा जिभिएन स्कूलका सृजना रिजाल र तृतियमा सलिन थापा विजयी भए ।
प्रथम, द्वितिय र तृतियलाई क्रमस ८ सय, ६ सय र ५सय प्रदान गरिएको थियो । यस्तै ९ वर्षिय अनुपजंग शाहले छैठौं स्थान हासिल गरे पनि उनलाई आयोजकको तर्फबाट प्रोत्साहन स्वरुप ५ सय नगद प्रदान गरिएको थियो ।
प्रतियोगितामा पुरुष १ महिला ९ गरि जम्मा २७ जनाको प्रतियोगिको सहभागिता रहेको जिल्ला बृद्धिचाल संघका अध्यक्ष धनराम ओलीले जानकारी दिए । उनले छनौट प्रतियोगिताबाट प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्नेहरुले प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागिता जनाउने बताए ।
दुईदिनदेखि सञ्चालन गरिएको सो छनौट प्रतियोगितामा निर्णयक पशुपतिनाथ योगी, प्रतियोगिताका संयोजक सुमनसिह बस्नेत, कोषाध्यक्ष उपमा रेग्मी लगायतले सहभागि भएका प्रतियोगिलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।
आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र गौरब आफ्नै देशमा भन्ने मुल नाराका साथ बाँके जिल्लास्तरिय महिला तथा पुरुष बृद्धिचाल छनोट प्रतियोगिता भएको थियो ।

Next Post

उद्दघाटन खेलमा सनबिम मावि विजयी

२१ मंसिर २०७५, शुक्रबार १९:०५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा शुक्रबारदेखि सुरु भएको जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिताको उद्दघाटन खेलमा खेलमा सनबिम मावि धम्बोझी बिजयी भएको छ । नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा जिल्लाका १४ विद्यालयको सहभागिता रहेको सो प्रतियोगिताको नेपालगञ्ज उप–माहनगरपलिकाका उपमेयर उमा थापामगरले व्याटिङ्ग जेमसीका निर्देशक बिनय श्रेष्ठले […]