ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

१९ मंसिर २०७५, बुधबार १५:२७
 

सदरलाइनडटकम,
बर्दिया : लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमाना निसानगाढा नजिकै मधुवन नगरपालिका ७ बाट भारतको उत्तरप्रदेश, जिल्ला बहराइच थाना मोतिपुर, मिहिपुरवा गाउँका २५ वर्षीय बिमलेशकुमार हरिजनलाई ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
ब्राउन सुगरसहित मंगलवार दिउँसो पक्राउ परेका हरिजनलाई प्रहरीले बुधवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक मैनालीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका हरिजनको साथबाट बरामद गरिएको लागुऔषध २ लाख मूल्य बराबरको रहेको छ ।
पक्राउ परेका भारतीय नागरिक बिमलेश कुमार हरजन झण्डै ४ वर्ष अघिदेखि नेपालमा आएर ब्राउन सुगर कारोबारमा संलग्न रहेको बुझिएकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

पढ्नकै लागि दैनिक ९ किलोमिटरको दुरी तय गर्छिन सहेनाज !

१९ मंसिर २०७५, बुधबार १५:२७
सदरलाइन / रुद्र सुवेदी नेपालगञ्ज  : बाँके जानकी गाउँपालिका–४ शाहदतपुरवाकी १४ वर्षिया सहेनाज बागवान विद्यालय जानको लागि दैनिक एकतर्फि ९ किलोमिटरको दुरी तय गर्छिन । बाँके जस्तो सुगम ठाँउमा विद्यालय अध्ययन गर्न जानको लागि दैनिक एकतर्फी ९ किलोमिटर दुरी तय गर्नु अनौठो मात्र होईन आश्चर्य पनि हो । मुस्लिम समुदायकी उनी […]

सम्बन्धित