सदरलाइनडटकम,
नेपालगञ्ज : उपमहानगरपालिकास्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता सोमवारदेखि नेपालगञ्जमा शुरु भएको छ । स्थानीय एमपी स्कुलको खेल मैदानमा रास्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट तथा माध्यमिक विद्यालयस्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले उद्घाटन गरेका छन् । प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी कुल ३८ विद्यालयका खेलाडीहरुले भलिबल, एथलेटिक्स र कबड्डीअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गर्ने बताईएको छ । प्रतियोगिताको पहिलो दिन विद्यार्थीहरुले मार्च पास प्रस्तुत गरेका थिए ।
