विभिन्न कार्यक्रम गरी अँग्रेजी नयाँ वर्षलाई स्वागत गरिँदै

सदरलाइन संवाददाता १६ पुष २०७८, शुक्रबार १३:२१
 

नेपालगञ्ज : बाँकेमा अँग्रेजी नयाँ वर्षलाई भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेर स्वागत गरिँदै छ ।

२०२१ को सुखद विदाइ अनि २०२२ को भव्य स्वागतका लागि नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा थुपै्र रात्रीकालिन कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाका अधिकांश होटल, रेष्टुरामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

बालेगाउँमा रहेको मेरो प्लानेटले द स्माइल पोजिटिफ सिजन २ आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुको सांगीतिक तृष्णा मेटाउन चर्चित गायिका इन्दिरा जोशी, गायक कालीप्रसाद बास्कोटा तथा भारतबाट आएका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।


यस्तै होटल सिदार्थले पनि न्यु एअर इभ सेलिबे्रशन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा चर्चित कलाकारहरुको प्रस्तुति रहने होटलले जनाएको छ । युवा पुस्ताका लोकप्रिय गायक शोप्न सुमन, लोक तथा दोहरी गायक प्रकाश सपुत, नेपालका प्रथम महिला डिजे नानी र द क्योष्ट ब्याण्डले प्रस्तुति दिनेछन् ।

त्यस्तै नगरका अन्य होटल, रेष्टुराँसँगै, कोहलपुर, खजुरालगायतका ठाउँमा पनि सांस्कृतिक कार्यक्रम हुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ४ संक्रमित थपिए

१६ पुष २०७८, शुक्रबार १३:२१
नेपालगञ्ज : बाँकेमा शुक्रावर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ३१ नमुना जाँच्दा ३ र मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा १ जनामा […]