सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ मा टोल विकास समिति गठन गरेको छ । २३ वटा वडामध्ये बुधवार वडा नं. १ ले टोल विकास समिति गठन गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष प्रमोद रिजालले वडाको विकास निर्माण लगायतका अन्य काममा स्थानीय बासिन्दासँग सहकार्य गर्नका लागि टोल विकास समिति गठन गरिएको जानकारी दिए ।
वडा कार्यालयको कार्यक्रमअनुसार, समृद्धिका पाईला बाँकेले आयोजना गरेको टोल भेलामार्फत बालकृष्ण सुवेदीको अध्यक्षतामा नन्दनी टोलमा ११ सदस्यीय नन्दनी टोल विकास समिति गठन भएको हो ।
समितिमा कमला अधिकारी उपाध्यक्ष, श्रीराम चौधरी सचिव र रिया कार्की कोषाध्यक्ष छन् । यसैगरी सदस्यहरुमा दुर्गा खत्री, हनुमान तेली, फुलराम थारु, राधिका धमला, पवित्रा रिमाल, रामध्वज सोनी, लक्षमी बजगाई रहेका छन् । यस्तै दीपक रिमाल र रामशरण चौधरीलाई सल्लाहकार चयन गरिएको छ ।
