सामाजिक सद्भाव कायम गर्न सबै आस्था प्रति सम्मान आवश्यक

४ मंसिर २०७५, मंगलवार २१:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : एक अर्काको आस्था प्रति समान दृष्टिले सम्मान गर्न सके समाजमा आफै सामाजिक सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाएका छन् ।
बाँकेका सिख समुदायले सिख धर्मका आस्थाका प्रतिक गुरुनानक देवको ५५० औं प्रकाश वर्ष (जन्मजयन्ती) का अवसरमा नेपालगञ्ज गुरुद्वारामा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
सो अवसरमा बोल्दै मुस्लिम धर्म गुरु तथा अन्तरधार्मिक समाजिक सद्भाव समितिका सहसंयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले राज्यका सबै नागरिकको समान अधिकार भएकोले सबैको धर्म र संस्कृतिलाई सम्मान गर्नु पर्ने धारणा राख्दै मुस्लिम समुदायको मोहम्मद डे र सिख समुदायको गुरुनानक देवको जयन्तीमा राष्ट्रिय बिदा दिन माग गरे ।
उनले बुधबार मंसिर ५ गते मुस्लिम समुदायको मोहम्मद डे र शुक्रबार ७ गते सिख समुदायका गुरुनानकको जयन्तीको अवसरमा सम्पूर्ण जिल्लाबासीलाई शुभकामना व्यक्त गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबै धर्मका पर्व र संस्कृतिको सबैले अनुसरण गर्नु पर्ने साथै एकले अर्कोको अस्तित्वलाई सम्मान गरे समाजमा भाईचारा आफै कायम हुने बताए ।
गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह सिखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एस्पी अरुण पौडेल, नेगालगञ्ज उपमहानगर वडा नं ७ का वडाअध्यक्ष जुम्मन खाँ, नेपाली काँग्रेसका युवा नेता शुधान्सु कोईराला, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, सामाजिक सद्भाव समितिका दिपक लोध, मेराज हल्वाई हिमालय, मौलाना मन्सुर आरफी, नन्द किशोर कश्यप, मध्यपश्चिम टेंकर ढुवानी संघका अध्यक्ष सरदार अमर जित सिंह, हरपाल सिंह सिखलगायतको सहभागिता रहेको थियो ।  

Next Post

इस्लाम धर्मावलम्बीहरुले मोहम्मद डे मनाउँदै

४ मंसिर २०७५, मंगलवार २१:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जलगायत आसपास क्षेत्रका इस्लाम धर्मावलम्बीले बुधवार मोहम्मद डे मनाई रहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज धुमधामका साथ मनाइ रहेका हुन् । मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी […]