सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जलगायत आसपास क्षेत्रका इस्लाम धर्मावलम्बीले बुधवार मोहम्मद डे मनाई रहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४४० औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज धुमधामका साथ मनाइ रहेका हुन् ।
मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । नेपालगञ्जमा रहेका इस्लाम धर्मावलम्बीहरुले हजरत मोहम्मदको जन्म दिनका अवसरमा बुधवार नगरसहित आसपासका गाउँपालिकामा र्याली निकालेका छन् ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)