दाङ्ग–दिल्ली रुटको बस भन्सार चोरीको समानसहित नियन्त्रणमा

३ मंसिर २०७५, सोमबार १५:२१
 


सदरलाइनडटकम,
नेपालगञ्ज  : भारतको दिल्लीबाट दाङ्गको घोराही जान आएको यात्रुबाहक बस भन्सार छलेको सामान सहित नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा परेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार भारतको दिल्लीबाट नेपालगञ्ज हुँदै दाङ्ग जान आएको ना ६ ख ७११६ नंम्बरको राप्ती डिलक्स बसको फल्स बटम बक्समा (लुकाएको डिग्गी ) बाट भन्सार छलेर ल्याईएको मोटर पार्टर र लुब्रीकेन्ट (मोविल) बरामद भएको हो । बस आईतबार दिउसो भन्सारले नियन्त्रणमा लिएको हो ।
सो बक्सबाट बरमद सामान करिव ५० हजार बराबरको रहेको सो सामानसहित सामानका धनी धनेश्वर रेग्मी र बसका चालक भरत विष्टलाई नेपालगञ्ज भन्सार कार्यालयले नियन्त्रणमा लिई जनही ५०–५० हजार धरौटीमा छाडेको छ ।
बस र बररामद सामान नेपालगञ्ज भन्सार कार्यालयको नियन्त्रणमा रहेको छ । फल्स बटम बक्समा भन्सार छलेर लैजान लागेको सामान भन्सारकै कर्मचारीले चेक जाँचको क्रममा फेला पारेका थिए ।

Next Post

बसको ठक्करबाट बर्दियामा बालिकाको मृत्यु

३ मंसिर २०७५, सोमबार १५:२१
सदरलाइनडटकम, बर्दिया : बर्दियाको भुरिगाउँ नजिक सोमवार बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि राजमार्गमा यातायात ठप्प भएको छ । कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाएकी […]