सासु ससुराले नै छोरी सरह बुहारीलाई अन्माए

१ मंसिर २०७५, शनिबार १८:१८
 

सदरलाइन / रुद्र सुवेदी  
नेपालगन्ज  : संघिय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधान सभाका पूर्व उप–सभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदी चन्द्रकान्ताले जेठी बुहारी मालती शर्मालाई छोरीको रुपमा विबाह गरी अन्माई पठाएका छन् ।
बुहारीले नै रोजेको बरका साथ विबाह गरी समाजलाई चुनौती दिदै एकल बुहारीको ईच्छा अनुसार विवाह गरी अन्माएका हुन । २०७२ सालको महाभुकम्पमा परि उनका जेष्ठ सुपुत्र अच्युत सुवेदीको मृत्यु भएपछि एकल जीवन यापन गर्दै आएकी बुहारी मालती शर्माको शनिबार आफ्नै घरबाट नेपालगन्जका सुधिर गौतमसंग विवाह गरी अन्माई पठाएका हुन ।
‘मालतीको ईच्छा र उनले नै खोजेको नयाँ जीवन साथीसंग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको सुरुवात गर्न आर्शिबाद दिनुहोस भनेपछि हामी पनि उनको खुसीमा सहभागि भएका हौ’–उनले भनिन्–‘ अ अब विबाह गर्छु भनिन, अनि हामिले हाम्रो संस्कार, संस्कृति, दर्शन, राजनीति र माक्र्सबादी शिक्षा अनुसार पनि हामीले रोक्ने कुरा थिएन । बाबुपछि उनी कसरी खुसी हुन्छिन त्यसरी नै खुसी बनाउने सल्लाह भए अनुसार घरबाटै बुहारी भन्दा पनि छोरी नै बनाएर अन्माएका हौ ।’
उनले छोराको अवसानपछि दुई नाती र बुहारी मालतीको भविश्य प्रति आफुहरु चिन्तित रहेकै बेलामा मालती आफैले छानेको बरका साथ उनलाई खुसी देख्नको लागि विबाह गरि दिएको बताईन । मालतीका यस अघि दुई छोरा छन ।
समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माई पठाउनु सुवेदी दाम्पत्तीका लागि केही असहज भए पनि समाजलाई सच्चिकै परिवर्तन गर्नको लागि उदाहरण भएको नेकपा नेतृ तथा पाँच नंंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले बताईन ।
उनले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिक कर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भनिन–‘ बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुबै जनाबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।’

Next Post

धारिलो हतियार प्रहार गरी बाँकेमा एक जनाको हत्या

१ मंसिर २०७५, शनिबार १८:१८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शनिवार राती एक जनाको हत्या भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ उदयपुरमा राती ८ बजे सुर्खेत चिसापानी बस्ने ३० बर्षीय सागर चन्दको हत्या भएको हो । उदयपुरस्थित गंगापुरमा पोल्ट्री फर्ममा काम गर्दै आएका चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालञ्जका प्रमुख […]